ads

काष्टे खोला पुल निर्माणको अन्तिम अनुगमन, शुक्रबारदेखि काम सुरु

बिहीबार, आश्विन २२, २०८३

theme

त्रिपुरासुन्दरी गाउँपालिका–२ र ३ जोड्ने काष्टे खोला पुल निर्माणका लागि प्राविधिक टोलीले बिहीबार अन्तिम अनुगमन गरेको छ ।  अनुगमन सम्पन्न भएसँगै शुक्रबारदेखि नै पुल निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ ।

 

 

करिब ४ करोड ८९ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पुल ३५ मिटर लामो हुनेछ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा काष्टे खोला तर्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य हुनुका साथै वडा नं. २ र ३ बीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ  पुल निर्माणको जिम्मेवारी पाएको ज्वालामुखी निर्माण कम्पनीका सञ्चालक धर्मप्रसाद लोहनीका अनुसार प्राविधिक अनुगमन सम्पन्न भइसकेकाले शुक्रबारदेखि निर्माण कार्य अघि बढाइनेछ ।  गत असारको पहिलो साता सम्झौता भए पनि वर्षायाममा खोलाको बहाव बढेकाले काम सुरु गर्न केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

 

 

सम्झौताअनुसार पुल निर्माण सम्पन्न गर्ने अवधि दुई वर्ष तोकिएको छ ।  तर निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।  लोहनीका अनुसार आगामी वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ । पुलको निर्माण गुणस्तरीय र दिगो बनाउन स्थानीयवासीको निरन्तर सहयोग, निगरानी र खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

 

गाउँपालिका अध्यक्ष राजु उप्रेतीले काष्टे खोला पुल स्थानीयवासीको लामो समयदेखिको आवश्यकता पूरा गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो। निर्माणका क्रममा गाउँपालिकाले आवश्यक सहजीकरण र समन्वय गर्ने उहाँको भनाइ छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष देवराज धरेलले पुल निर्माणपछि वडा नं. २ र ३ का नागरिकको दैनिक आवतजावत सहज हुनुका साथै स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

 

 

वडा नं. ३ का अध्यक्ष कमलबहादुर थापाले वर्षायाममा काष्टे खोलाका कारण स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या पुल निर्माणसँगै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

स्थानीय उमेश थापाले काष्टे खोला पुललाई स्थानीय विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिँदै निर्माणका क्रममा सबै पक्षबाट सहयोग र खबरदारी आवश्यक रहेको बताउनुभयो ।

 

 

पुल निर्माणपछि दुई वडाबीचको आवतजावत सहज हुनुका साथै कृषि उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  निर्माण कार्य समयमै सम्पन्न गर्न र गुणस्तरमा कुनै सम्झौता हुन नदिन गाउँपालिका, निर्माण कम्पनी र स्थानीयवासीबीच निरन्तर समन्वय तथा निगरानी आवश्यक देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल