नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ ।
कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ । अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै उमेर समूह र बढी महिलाहरु सडकमा आउने गरेका छन् । स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी हुनुन्छ।
हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।
अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ। आज सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो ।
त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा हुँदैछ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ