अपांगता भएकि १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला तार्केशवर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई ०८१ फागुन २२ गते जिल्ला अदालत धादिङले ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।
बालात्कार कसुरमा १० वर्ष कैद र न्यून दृष्टि तथा न्यून सुनाइ (अपांगता) भएकि पीडित भएकोले थाप १ वर्ष कैद गर्ने फैसला जिल्ला न्यायधिस मनकुमारी वि.क. जिएमको इजलासले गरेको । जिल्ला न्ययधिस जिएमले कसुरदारलाई ११ वर्ष कैद, र ५ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गर्नुभएको छ भने पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गर्नुभएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।
कसुरदार मजकोटीले गल्छी गाउँपालिका–८ मा बालिकालाइ ०८१ मंसिर २९ गते बलात्कार गरेपछि सोही मंसिर इलाका प्रहरी कार्यालय गजुरीमा मंसिर ३० गते उजुरी दिएको थियो । बालिकाको मंसिर ३० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भयो । कसुरदारलाई ३० गते गिरफ्तार गरि हिरासतमा राखेकोमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत पुस २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरि पुस २२ गतेदेखि कसुरदार पुरपक्षका लागि थुनामा थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल