सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य

आइतबार, फाल्गुण २५, २०८१

theme

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नु भएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हाे । प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीकाे वृत्तिविकासकाे ढोका खोलेको उल्लेख गर्दै  सरकार कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताउनु भयो ।`प्रदेश सरकारले कुनै पनि पेशाकर्मिलाइ निरुत्साहित गर्दैन, प्राेत्साहित गरेर सेवामा समर्पित हुने वातावरण निर्माण गरेकाे छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`प्रदेश सरकारले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयन गर्न नियमावली बनाउने कामलाई अन्तिमचरणमा पुर्‍याएकाे छ । यसमा कर्मचारीकाे भावना समेटिन्छ ।

उहाँले सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । यस्तै उहाँले नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै संगठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने बताउनु भयो । उहाँले नेता तथा कार्यकर्ताहरूको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको विषय स्वीकार्य हुन नसक्ने बताउँदै वैचारिक रूपमा स्पष्ट रहन आवश्यक रहेको उल्लेख गर्नु भयो । सानातिना घटनाक्रमले विचलित हुन नहुने बताउँदै विचारमा दृढता आवश्यक रहेको बताउनु भयो । स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने उल्लेख गर्नु भयो । उहाँले ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको बताउँदै नियमावली भावना भन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताउनु भयो ।

 प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो । उद्घाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ