कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारबाट सुरु

आइतबार, फाल्गुण २५, २०८१

theme

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारबाट सुरु भए रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव भोलि २६ गते सोमबारसम्म चल्नेछ ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक चलचित्रको कर्णालीमै छायाङ्कन गर्ने औपचारिक सम्झौता भयो । 

चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई नेपाली चलचित्रमा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन् । उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का तथा चलचित्र ‘पुजार सार्की’ का लेखक एवं निर्देशक विकास सुवेदीको समेत सहभागिता थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल