सिरियामा दुई दिनको झडपमा एक हजार जनाभन्दा धेरैको ज्यान गयो

सोमबार, फाल्गुण २६, २०८१

theme

सिरियामा झडप र प्रतिशोधपूर्ण घटनाले अवस्था तनावपूर्ण बनेको छ ।  घटनामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको एक युद्ध अनुगमन समूहले जनाएको छ ।

बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ जना नागरिक मारिएका छन् । त्यस्तै एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकूको ज्यान गएको छ । सिरियाको १४ वर्षअघि शुरू भएको द्वन्द्वपछिको यो सबैभन्दा घातक हिंसा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली सुरक्षा बल र सत्ताच्युत राष्ट्रपति बशर अल–असदका समर्थकबीच झडप भएको हो । झडप लगत्तै प्रतिशोधपूर्ण घटनाका शृङ्खला भइरहेका छन् ।

लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानीको लाइन काटिएको छ । बिहीवारदेखि हिंसा थप भड्किएको हो । यसले नयाँ सरकारलाई सुरक्षा चुनौती थपेको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल